वायुसेवा सञ्चालक संघका अध्यक्ष तथा कैलाश हेलिकोप्टरका सञ्चालक प्रतापजंग पाण्डेका अनुसार काठमाडौंबाट सशस्त्र प्रहरी बलका ३५ जना उद्धारकर्मी रसुवातर्फ जाँदै छन्। उद्धारका लागि सातवटा हेलिकोप्टर परिचालन हुने तयारी छ।
आजको उद्धार कार्यलाई सहज बनाउन एक जना पाइलटले हेलिकोप्टर उडाउन पाउने गरी नियममा छुट दिइएको छ। यसअघि मनसुन अवधिमा डुअल पाइलट (दुई पाइलट) अनिवार्य हुने व्यवस्था थियो।
आजका उद्धार उडानको अनुमति काठमाडौं टावरबाटै दिने व्यवस्था गरिएको छ। यसअघि यस्तो विपतमा अनुमति लिन गृह मन्त्रालयसम्मको प्रक्रिया पूरा गर्नुपर्ने थियो। रसुवाको विपद् अवस्थालाई ध्यानमा राख्दै उद्धार कार्यका लागि फास्ट–ट्र्याक निर्णय गरिएको हो।
प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार




