बेत्रावतीमा पुरिएको घरबाट उद्धार भएकी महिलालाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै



काठमाडौं । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट उद्धार भएकी महिलालाई काठमाडौं ल्याइँदैछ । सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार, बिदुर नगरपालिका–१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चन्डिकाको उद्धार गरिएको हो ।

उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउन लागिएको सशस्त्रका प्रवक्ता कार्कीले जनाए । यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ बाट पनि एक जना चिनियाँ नागरिकको उद्धार गरेकाे छ ।

प्रकाशित मिति : २०८३ भाद्र २० गते शनिवार