हाम्रो टिम

बागमती अनलाइनको मूल शक्ति नै यसको अनुभवी, समर्पित र जिम्मेवार सम्पादकीय तथा व्यवस्थापकीय टोली हो, जसले निष्पक्ष, विश्वसनीय र तथ्यमा आधारित पत्रकारिता प्रदान गर्न दिनरात परिश्रम गरिरहेको छ।

हाम्रो टिम बागमती प्रदेश लगायत देशका विभिन्न भागमा रहेका पत्रकार, विश्लेषक, सम्पादक, रचनाकार र प्रविधि अभियन्ताहरूको साझा प्रयास हो, जसको साझा लक्ष्य हो — सशक्त सञ्चारद्वारा समाज परिवर्तन।

नेतृत्व टिम

सञ्चालक/सम्पादक
दिपेन्द्र चौँलागाँई
दशकभन्दा बढीको पत्रकारिता अनुभव भएका चौँलागाँई बागमती अनलाइनको सम्पादकीय नेतृत्वमा छन्। उनी डिजिटल पत्रकारिता, शिक्षा एवम् सूचना प्रविधि र खोजमूलक रिपोर्टिङमा विश्वास राख्छन्।

व्यवस्थापक/प्रतिनिधि 
राजकुमार चौँलागाँई

बजार व्यवस्थापक: अर्जुन ढुंगाना
अर्जुन ढुंगाना
अनलाइन मिडियाको बजार व्यवस्थापनमा दक्षता राख्ने ढुंगानाले डिजिटल प्लेटफर्ममार्फत सामग्रीको प्रस्तुति सशक्त बनाउने कार्यमा टिमलाई साथ दिइरहेका छन्।

संवाददाता टिम

हामीसँग बागमती प्रदेशका विभिन्न जिल्लामा क्षेत्रीय संवाददाता, साथै काठमाडौं उपत्यका, देशका प्रमुख शहर र विदेशमा समेत प्रतिनिधिहरू कार्यरत छन्। उनीहरूले ग्राउन्डबाट तथ्यमा आधारित समाचार संकलन गरी पाठकसम्म सत्य जानकारी पु¥याउने जिम्मेवारी सम्हालिरहेका छन्।

सहयोगी टिम

  • फोटोग्राफर तथा भिडियो सम्पादक

  • अनलाइन व्यवस्थापक

  • अनुवादक तथा भाषा सम्पादक

  • कन्टेन्ट लेखक तथा ब्लगर


हाम्रो टिमले “तथ्यमा टेकेर सत्यको वकालत” को मूल्यमान्यतालाई आत्मसात गर्दै नागरिक पत्रकारिता र जनचासोका विषयलाई प्राथमिकतामा राखेर निरन्तर अगाडि बढिरहेको छ।

बागमती अनलाइन – तथ्यमा टेकेर सत्यको वकालत।