रसुवाको टिमुरेमा पहिरो र बाढीका कारण उद्धारका लागि गएको हेलिकप्टर अवतरण नगरी काठमाडौं फर्किएको छ । उद्धारका लागि अल्टिट्युड एयरको हेलिकप्टर टिमुरे पुगेको थियो । हेलिकप्टरका चालक सुवास खड्काका अनुसार टिमुरेको हेलिप्याडसमेत बाढीले बगाएकाले अवतरण गर्ने ठाउँ नभएपछि हेलिकप्टर काठमाडौं फर्काइएको हो ।
उनले टिमुरे गाउँ नै नदेखिएको बताए । स्थानीयका अनुसार त्रिशूली नदीमा पानीको बहाव एक्कासि बढेर आएको थियो । ‘जमेको खोला नै उर्लेर आएको जस्तो छ । टिमुरे गाउँ नै देखिँदैन, तत्लो तटमा सतर्कताका लागि सबैतिरबाट सूचना जारी दिनुपर्यो’ खड्काले भने । टिमुरेमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको बताइएको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।
प्रकाशित मिति : २०८३ भाद्र १० गते बुधवार




