बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी हवल्दार पक्राउ



जनकपुरधाम । बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछिको हत्यामा आरोपी सुमन थापाको बयानको भिडिओ खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी हवलदार कुमार विक रहेको स्रोतले बताएको छ । विकलाई अहिले हिरासतमा राखिएको छ । उनलाई फौजदारी कुसरमा नै कारबाही अघि बढाउने तयारी भएको छ ।

आरोपितको अनुसन्धान चलिरहेको बेलामा प्रोटोकल बाहिर गएर खिचेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडिओ बाहिरिएसँगै प्रहरीमाथि नै चौतर्फी प्रश्न उठिरहेको छ । यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालयका बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवर र डीएसपी मीनबहादुर घलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ।

भिडिओ खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ८ गते सोमवार