काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्काशन गरेको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशनअनुसार नचलेको भन्दै थापामाथि कारबाही गरिएको जानकारी दिएका छन्। थापाले नेकपा एमाले र नेकपाको नेतृत्वमा बनेको सरकारलाई समर्थन गरेका थिए।
थापाले दिएको समर्थनप्रति असहमति जनाउँदै राप्रपाले समर्थन फिर्ता लिन निर्देशन दिएको थियो। तर पार्टीको आग्रह नमानेपछि उनलाई कारबाही गरिएको राप्रपाले जनाएको छ। ‘उद्वव थापालाई साधारण सदस्य र प्रदेशसभा सदस्यबाट कारबाही गरिएको छ,’ अध्यक्ष लिङदेनले भने।
अध्यक्ष लिङदेनले संसदीय दलका नेतालाई नै कारबाही गरिसकेको अवस्थामा सरकारमा सहभागी हुने अन्य पार्टी सदस्यलाई समेत कारबाही गरिने चेतावनी दिएका छन्।
प्रकाशित मिति : २०८३ भाद्र ४ गते बिहिवार






