एकैदिन तोलामा १२ हजार ६०० रूपैयाँ घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच?



नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य घटेको छ। गत कात्तिक २३ गते (सोमबार) प्रतितोला एक हजार तीन सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन भने तोलामा १२ हजार ६ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७१ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। कात्तिक २३ गते सुन प्रतितोला दुई लाख ८४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। कात्तिक २३ गते प्रतितोला तीन हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतिोला एक सय ५५ रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २८ गते शुक्रवार