बागमतीमा मन्त्रालय भागबण्डा टुंगियो



हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्रीसहित ८ मन्त्रालयको भागबण्डा टुंगिएको छ। सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित ३, राप्रपाले ३ र नेकपाले सभामुखसहित २ मन्त्रालय पाउने भएका छन्।

नेकपाले आर्थिक मामिला तथा योजना र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउनेछ। एमालेले भौतिक पूर्वाधार विकास तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय सम्हाल्नेछ।

राप्रपाले स्वास्थ्य तथा सामाजिक विकास, कृषि तथा पशुपन्छी विकास र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय पाउने सहमति भएको छ। सभामुख नेकपाले र उपसभामुख एमालेले पाउनेछन्।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार