हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने भएका छन्।
सरकार टिकाउन आवश्यक सांसदको समर्थन नपाउने भएपछि सोमबार बसेको कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँले संसद्लाई सम्बोधन गरेर मार्ग प्रशस्त गर्ने निर्णय गरेको हो।
बैठकले आगामी सरकार गठन र राजनीतिक परिस्थितिबारे निर्णय गर्ने अधिकारसमेत बानियाँलाई दिएको सरकारका प्रवक्ता प्रभात तामाङले जानकारी दिए।
मुख्यमन्त्री बानियाँले दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए। तर एमाले र नेकपाले विपक्षमा मतदान गर्ने निर्णय गरेपछि विश्वासको मत नपाउने अवस्था बनेको हो। राप्रपा भने तटस्थ रहने भएको छ।
प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार






