मकवानपुर । बागमती प्रदेशसभाको बैठक मंगलबार प्रतिपक्षी दलका सांसदहरूको अनुपस्थितिबीच सञ्चालन भएको छ। नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा नेपाली कांग्रेस, हाम्रो नेपाली पार्टी र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसदहरू उपस्थित भएनन्।
बागमती प्रदेशमा नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा थापा मगरको नेतृत्वमा सरकार गठन भएको हो। राप्रपाभित्र देखिएको आन्तरिक विवाद अदालतसम्म पुगेपछि त्यसको अन्तिम टुंगो नलागेसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने अडान प्रतिपक्षी दलहरूले लिएका छन्। सोही अडानअनुसार प्रतिपक्षी सांसदहरू मंगलबारको बैठकमा अनुपस्थित भएका हुन्।
मुख्यमन्त्री थापा मगरले भने प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
प्रकाशित मिति : २०८३ भाद्र ९ गते मङ्गलवार






