भीमफेदीमा जिप दुर्घटना : १० जना घाइते, दुई जनाको अवस्था अचेत



हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित भैंसे बजार नजिक जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। आज बिहान भएको दुर्घटनामा घाइतेमध्ये दुई जनाको अवस्था अचेत रहेको प्रहरीले जनाएको छ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको जिप त्रिभुवन राजपथबाट अनियन्त्रित भई राप्ती खोलामा खसेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए। दुर्घटनालगत्तै घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको छ।

दुर्घटनाको कारण र अन्य विस्तृत विवरण खुल्न बाँकी रहेको डिएसपी काफ्लेले बताएका छन्।

प्रकाशित मिति : २०८३ मङ्सिर ४ गते बिहिवार