काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपद्को सामना गर्नको लागि तीनै तहको सरकारबीच समन्वय हुनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सेना परिचालन भएपनि जन परिचालन नभएको बताए।
उनले भने, ‘बाढीलगत्तै गृहमन्त्रीको सक्रियता हेरेपछि राम्रै पहल हुन्छ भन्ने विश्वास व्यक्त गरेका थिएँ। सङ्कटको घडीमा साथ दिएर जानुपर्छ भन्ने कुरामा कुनै राजनीतिक दलको विमति थिएन, हाम्रो पनि थिएन, अहिले पनि छैन।’
उनले प्रधानमन्त्री र मन्त्री सक्रिय पर्याप्त नभएको बताए।
उनले भने, ‘सेनाले गरेको काम पनि देखियो। सेनाले धेरै जोखिम उठाएर उद्धारमा, राहतमा खेलेको भूमिका देखियो। यो महाविपत्तिको सामना गर्नको लागि सबै तहको सरकारबीच समन्वय भएको छैन। सेना परिचालन भयो, जनपरिचालन भएन। जनपरिचालन नहुँदासम्म यो समस्याको वास्तविक समाधान गर्न असम्भव जस्तै हुन्छ।’
उनले सरकार उद्धार कार्यमा असफल भएको जनगुनासो आएको बताए।






