जनप्रिय बचत तथा ऋण सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा रामु सुवेदी



काठमाडौं । जनप्रिय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाको १९औँ वार्षिक साधारणसभा काठमाडौंको बसुन्धारामा सम्पन्न भएको हो।

साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन प्रस्तुत गरी छलफलपछि पारित गरिएको छ।
सभाले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित वार्षिक बजेट पारित गर्नुका साथै लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, आगामी कार्यकालका लागि सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयनलगायतका प्रस्तावमा निर्णय गरेको छ।

साधारणसभाबाट आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। नयाँ कार्यसमितिको अध्यक्षमा रामु सुवेदी, उपाध्यक्षमा पूर्णबहादुर जीसी, सचिवमा होमनाथ आचार्य र कोषाध्यक्षमा यामबहादुर सुर्खाली चयन भएका छन्।

सभाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट लाभांश वितरणसम्बन्धी निर्णय गर्नुका साथै संस्थाका विभिन्न गतिविधि तथा आगामी कार्ययोजनालाई समेत अनुमोदन गरेको छ।

साधारणसभामा संस्थाका शेयरधनी, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, कर्मचारी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो। संस्थाले साधारणसभा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण शेयरधनी तथा सदस्यहरूप्रति आभार व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिवार