वचन साकोसको १७औँ साधारणसभा सम्पन्न, मुकुन्द राज खनाल अध्यक्षमा निर्विरोध चयन



काठमाडौं । वचन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघमा शनिबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनमाथि छलफल गर्दै विभिन्न प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति समेत चयन गरेको छ । निर्वाचन उप–समितिले सार्वजनिक गरेको उम्मेदवार नामावलीअनुसार सञ्चालक समितिका ९ जना र लेखा सुपरिवेक्षण समितिका ३ जना उम्मेदवार रहेकाले नयाँ समिति मतदानबिनै निर्विरोध चयन भएको हो ।

मुकुन्द राज खनाल अध्यक्षमा चयन
साधारणसभाबाट मुकुन्द राज खनाल अध्यक्षमा चयन भएका छन् । त्यस्तै शान्ता गौतम उपाध्यक्ष, राजेन्द्र लुइटेल सचिव र संजय धिताल कोषाध्यक्षमा चयन भएका छन् ।

सञ्चालक सदस्यमा मनोहरी तिवारी, सुरेश धिमाल, हरि चन्द्र फुयाल, प्रतिमा अर्याल र शशि देवी भट्ट चयन भएका छन् ।
लेखा सुपरिवेक्षण समितिको संयोजकमा विमल भेटवाल तथा सदस्यमा भुवनेश्वरी खतिवडा र किशोर धिमिरे चयन भएका छन् ।

वार्षिक तथा वित्तीय प्रतिवेदन प्रस्तुत

कार्यक्रमको सुरुवात आसन ग्रहण तथा अतिथि स्वागतबाट गरिएको थियो । कार्यक्रममा अध्यक्ष एवं सभापति मुकुन्द राज खनाल, प्रमुख अतिथि वचन साकोसका शेयर सदस्य तथा नेपाल सरकारका पूर्वसचिव डा. खगेन्द्र प्रसाद सुवेदी, विशेष अतिथि व्यवस्थापन विज्ञ तथा सल्लाहकार सदस्य प्रा.डा. अरहन स्थापित, प्रमुख कार्यकारी अधिकृत डा. देशमर्दन बस्न्यात, उपाध्यक्ष तथा सल्लाहकार समिति संयोजक डा. लक्ष्मण शाक्यलगायतको उपस्थिति थियो ।

प्रमुख अतिथि तथा विशेष अतिथिबाट पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरिएको थियो । सो अवसरमा राष्ट्रिय गानसमेत प्रस्तुत गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृत डा. देशमर्दन बस्न्यातले स्वागत मन्तव्य राखेका थिए भने वार्षिक प्रतिवेदन पुस्तिका विमोचन गरिएको थियो । अध्यक्ष खनालले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सचिव मनोहरी तिवारीले सचिवको प्रतिवेदन तथा १७औँ वार्षिक साधारणसभाका प्रस्ताव प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष सुरेश धिमालले आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा सुपरिवेक्षण समितिका संयोजक विमल भेटवालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभाले प्रस्तुत प्रतिवेदन तथा विभिन्न प्रस्तावमाथि छलफल गर्दै आवश्यक निर्णय गरेको थियो ।

उद्यमशीलता विकासमा जोड

साधारणसभामा संस्थाका सल्लाहकार सदस्य तथा व्यवस्थापन विज्ञ प्रा.डा.अरहन स्थापितले ‘वचनबाट उद्यमतिर : सहकारी आन्दोलनमार्फत उद्यमशीलताको विकास’ विषयमा प्रस्तुति दिएका थिए ।
प्रस्तुतिमा सहकारी संस्थामार्फत सदस्यहरूको उद्यमशीलता विकास तथा आर्थिक गतिविधिमा सहभागिता बढाउने विषयलाई प्राथमिकताका साथ उठाइएको थियो ।

वित्तीय स्थायित्व र सदस्य विश्वासबारे प्यानल छलफल

साधारणसभामा ‘वचन साकोसको वर्तमान अवस्था र भावी दिशा : वित्तीय स्थायित्व, सुशासन र सदस्य विश्वास’ विषयमा प्यानल छलफलसमेत गरिएको थियो ।

छलफलमा अध्यक्ष मुकुन्द राज खनाल, सचिव मनोहरी तिवारी, लेखा सुपरिवेक्षण समिति संयोजक विमल भेटवाल, प्रमुख कार्यकारी अधिकृत डा. देशमर्दन बस्न्यात र शेयर सदस्य दिपिका बस्न्यात सहभागी थिए । छलफलको सहजीकरण शान्ति दिप रेग्मीले गरेका थिए ।

प्यानल छलफलमा संस्थाको वर्तमान अवस्था, आगामी कार्यदिशा, वित्तीय स्थायित्व, सुशासन र सदस्यको विश्वाससँग सम्बन्धित विषयमा विचार आदानप्रदान गरिएको थियो ।

ज्येष्ठ सदस्य तथा उत्कृष्ट सदस्य सम्मान

साधारणसभाको अवसरमा संस्थाका ज्येष्ठ सदस्यहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा श्रीमती मन बस्न्यात, सीता राम आचार्य, सीता राम घिमिरे, खड्गमर्दन बस्न्यात र रमा ढकाल रहेका छन् ।
त्यस्तै, विभिन्न बचत योजनाअन्तर्गत उत्कृष्ट बचतकर्तालाई समेत सम्मान गरिएको छ । नियमित बचततर्फ अञ्जु चन्द शाह, दुर्गा जोशी पाण्डे र मुक्तिनाथ गुरागाईं सम्मानित भएका छन् ।

आवधिक बचततर्फ भीम देवी गजुरेल, वचन व्यवसाय समृद्धि बचततर्फ राम राजा बस्नेत, सुपर स्पेशल बचततर्फ कृष्ण प्रसाद डंगोल, खुत्रुके नियमित बचततर्फ दिपिका बस्न्यात (अभिदिप केसी) र प्रजय पौडेल (आरोग्य पौडेल) तथा नियमित बचततर्फ **विजय कुमार बस्न्यात (शिवान्स देवान)**लाई सम्मान गर्ने कार्यक्रम राखिएको थियो ।

उत्कृष्ट ऋणी सदस्यतर्फ तारा कुमारी श्रेष्ठ, शोभा तामाङ, वीर बहादुर बाइबा, अर्जुन प्रसाद अर्याल, मिनु पाठक, सानु कान्छा तामाङ, भीम बहादुर अधिकारी, पुष्कर खड्का, भीम राज थिङ र दिपा जोशी सम्मानित भएका छन् ।

यसैगरी उत्कृष्ट लघुवित्त समूहअन्तर्गत संकल्प समृद्धि लघुवित्त समूह र क्षेत्रपाटी गणेश मन्दिर लघुवित्त समूहलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको थियो ।

सांस्कृतिक कार्यक्रमसँगै भाग्यशाली नगद पुरस्कार
साधारणसभामा औपचारिक कार्यक्रमसँगै सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो । उपाध्यक्ष तथा सल्लाहकार समिति संयोजक डा. लक्ष्मण शाक्यले मन्तव्य राखेका थिए ।

शेयर सदस्य तथा वरिष्ठ गायक लेख बहादुर गुरुङले गायन प्रस्तुति दिएका थिए भने शेयर सदस्य उत्तम अर्याललगायतले हास्यव्यंग्य प्रस्तुति दिएका थिए । शेयर सदस्यका लागि १७औँ वार्षिक साधारणसभाको अवसरमा भाग्यशाली नगद पुरस्कार छनोट कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
कार्यक्रममा वचन साकोसका शेयर सदस्य तथा ग्लोबल पिस फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत राम रोहन पन्तले मन्तव्य राखेका थिए । प्रमुख अतिथि डा. खगेन्द्र प्रसाद सुवेदीले शुभकामना मन्तव्य दिएका थिए ।
सञ्चालक समिति सदस्य तथा ऋण उप–समिति संयोजक शान्ता गौतमले धन्यवाद ज्ञापन गरेकी थिइन् भने सभापति एवं अध्यक्ष मुकुन्द राज खनालले साधारणसभा समापन गरेका थिए ।

बन्द सत्रमा साधारणसभा माइन्युटमा हस्ताक्षर गर्ने प्रतिनिधि छनोट, वार्षिक प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने र निर्वाचन कार्यक्रम सम्पन्न गरिएको थियो । निर्वाचन उप–समितिमार्फत प्रक्रिया पूरा गरी नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयन गरिएको हो ।
साधारणसभाले सदस्यको हित, वित्तीय स्थायित्व, सुशासन, उद्यमशीलता प्रवर्द्धन तथा सहकारीप्रतिको सदस्य विश्वासलाई थप सुदृढ गर्दै संस्थाको आगामी कार्यदिशा अघि बढाउने विषयमा जोड दिएको छ ।

प्रकाशित मिति : २०८३ असोज ४ गते आइतवार