कांग्रेसको महाधिवेशन कार्यतालिका संशोधन



काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ। नयाँ कार्यतालिकाअनुसार वडा अधिवेशन असोज ३, गाउँ/नगरपालिका अधिवेशन असोज ७ र प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते हुनेछ।

केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा नै हुनेछ। एक निर्वाचन क्षेत्र भएका ३५ जिल्लाको जिल्ला अधिवेशन महाधिवेशनअघि नै सम्पन्न हुनेछ। दुई वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका ४२ जिल्ला तथा सातै प्रदेशको अधिवेशन भने महाधिवेशनपछि गरिनेछ।

समय अभाव र भोटेकोशी बाढीबाट प्रभावित जिल्लाको अवस्थालाई ध्यानमा राख्दै महाधिवेशन प्रतिनिधि छनोट हुने तहसम्मका अधिवेशनलाई प्राथमिकता दिइएको कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र २३ गते मङ्गलवार