प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा नाडाले १० लाख सहयोग गर्ने



काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भएको मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले गहिरो दुःख व्यक्त गरेको छ। नाडाले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि राज्यसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

नाडाले देशभरका अटोमोबाइल व्यवसायीहरूलाई एकजुट भई उद्धार तथा राहत कार्यमा सहयोग गर्न आह्वानसमेत गरेको छ। विपद्पछिको अवस्थामा सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले देखाएको तत्परताप्रति नाडाले आभार व्यक्त गरेको छ। नाडाका अनुसार प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङले प्रभावित जिल्लाका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै आपतकालीन सूचना जारी गर्नुका साथै उद्धार तथा राहत उडानको समन्वय र निजी क्षेत्रको सहभागिताका लागि गरेको आह्वानको नाडाले उच्च कदर गरेको छ।

तत्काल राहत तथा पुनरुत्थानमा सहयोग पुर्‍याउने उद्देश्यले नाडाले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ। सरकार, निजी क्षेत्र, व्यवसायी र आम नागरिकको सामूहिक प्रयासबाट प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनर्निर्माण प्रभावकारी बनाउन सकिने नाडाको विश्वास छ।

यसैबीच, विपद् नाडा अटो शो २०२६ सञ्चालन भइरहेका बेला आएको भए पनि काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने नाडाले स्पष्ट पारेको छ। विपद्सँग जुध्दै आर्थिक गतिविधिलाई समेत चलायमान राख्नुपर्ने अवस्था रहेको भन्दै नाडाले सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गरेको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र उप्रेतीले विपद्को सामना गर्न सबै पक्षले हातेमालो गर्नुपर्ने बताएका छन्।

यो पनि पढ्नुहोस्

दुःख व्यक्त गर्दै नाडाले भन्यो-‘विपद्को घडीमा सरकार र नागरिकको साथमा छौँ’

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ सुरु, उपराष्ट्रपति यादवद्वारा उद्घाटन

यस्तो देखियो नाडा अटो शो {फोटोफिचर}

नाडा अटो शो-२०२६ आजदेखि सुरु

नाडा अटो शो २०२६ को सम्पूर्ण तयारी पूरा, २१५ भन्दा बढी स्टल

१८औँ नाडा अटो शो : मेड इन नेपालदेखि एआई र रोबोटिक्ससम्म

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार