बाढी प्रभावित क्षेत्रमा १० वटा हेलिकोप्टर बिहानदेखि परिचालन, २० वटा तयारी अवस्थामा



भोटेकोसी बाढी प्रभावित क्षेत्रमा थप उद्धार कार्यलाई तीव्र बनाउन २० वटा हेलिकोप्टर परिचालनका लागि तयारी अवस्थामा राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) मार्फत बिहीबार बिहान ६:३० बजेदेखि २० वटा हेलिकोप्टर तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको सचिवालयले जनाएको छ । साथै, बाढी प्रभावित क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालन गरिएको जनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त उद्धारसम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानको प्राथमिकता निर्धारण गरिनेछ । निर्धारण गरिएको प्राथमिकताका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार हेलिकोप्टर परिचालन गरिने जनाइएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार