बाढीका विषयमा नेपाललाई पूर्वसूचना नदिएको दाबीमा चीनको असहमति



काठमाडौं । बाढीका विषयमा चीनले नेपाललाई समयमै पूर्वसूचना नदिएको तथा चिनियाँ भूभागमा भएको प्राकृतिक प्रकोपका कारण नेपालतर्फ ठूलो क्षति भएको भन्ने दाबीप्रति चिनियाँ पक्षले असहमति जनाएको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा चिनियाँ पक्षले घटनाबारे अपुष्ट सूचना फैलाएर आरोप–प्रत्यारोप नगर्न आग्रह गरेको छ । विपद्का बेला दोषारोपणभन्दा नेपाल र चीनबीचको सहकार्यमा उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिनुपर्नेमा उसले जोड दिएको छ ।

प्रारम्भिक अध्ययनअनुसार हिमाली क्षेत्रमा चट्टान र हिउँको पहिरो गएर नदी थुनिएपछि त्यसबाट आएको बाढीले ठूलो क्षति पुर्‍याएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार