रसुवा बाढीले बगाएको शवबाट कानको मुन्द्रा निकाल्ने २ जना प्रहरी नियन्त्रणमा



चितवन । रसुवाको बाढीबाट बगाएर ल्याएको शवबाट कानमा भएको सुनको मुन्द्रा लुछ्ने २ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

आज दिउँसो दुईजना पक्राउ परेका हुन् । चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार कानको मुन्द्रा तान्ने नवलपरासीको विनय त्रिवेणी नगरपालिका-१ घर भई हाल भरतपुर महानगरपालिका- १ चितवन लीलाचोक मामाघर बस्ने २५ वर्षीय मदन गुरुङ र सुनसरी चादँबेला नगरपालिका- ५ घर भई भरतपुर-२ पोखरा बसपार्क सुपारी टोल बसोबास गर्ने ३८ वर्षीय उमेश चौधरी छन् ।

उनीहरू दुवैजनालाई सामाजिक सञ्जालमा आएको भिडिओको आधारमा पहिचान गरी पक्राउ गरिएको र अनुसन्धान थालिएको चितवनका एसपी पौडेलले बताए ।

प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार