YADEA नेपालले अगस्ट ६ मा नयाँ विद्युतीय स्कुटर सिरिज सार्वजनिक गर्ने



काठमाडौं, साउन १८ । विश्वकै अग्रणी विद्युतीय दुईपाङ्ग्रे सवारी साधन ब्रान्ड YADEA को नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. ले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर सिरिज GS70, GT70 र GT80 सार्वजनिक गर्ने घोषणा गरेको छ।

कम्पनीका अनुसार आगामी अगस्ट ६, २०२६ मा आयोजना हुने विशेष कार्यक्रममा यी तीन नयाँ मोडेल औपचारिक रूपमा सार्वजनिक गरिनेछन्। नयाँ सिरिजको आगमनसँगै नेपालमा स्मार्ट, दिगो तथा भरपर्दो विद्युतीय यातायातको विस्तारमा थप योगदान पुग्ने कम्पनीको विश्वास छ।

आधुनिक प्रयोगकर्ताको आवश्यकता मध्यनजर गर्दै विकास गरिएका GS70, GT70 र GT80 मा अत्याधुनिक प्रविधि, उन्नत सुरक्षा प्रणाली, स्मार्ट कनेक्टिभिटी, प्रभावकारी ब्याट्री रेंज तथा आकर्षक आधुनिक डिजाइन समावेश गरिएको कम्पनीले जनाएको छ। यी विशेषताले दैनिक सहरी आवतजावतदेखि लामो दूरीको यात्रासम्म सहज, सुरक्षित र आरामदायी राइडिङ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार नयाँ स्कुटरहरू विशेषगरी उच्च प्रदर्शन, किफायती सञ्चालन खर्च तथा वातावरणमैत्री सवारी साधन खोजिरहेका नेपाली उपभोक्तालाई लक्षित गरी विकास गरिएको हो।

कुजु नेपाल प्रा.लि.ले YADEA को नयाँ सिरिजले नेपाली बजारमा विद्युतीय सवारीप्रतिको आकर्षण थप बढाउने विश्वास व्यक्त गरेको छ। कम्पनीका अनुसार उत्कृष्ट प्रदर्शन, सुरक्षा, आराम र स्मार्ट प्रविधिको संयोजनमार्फत नेपाली उपभोक्ताको बदलिँदो आवश्यकता पूरा गर्ने लक्ष्य राखिएको छ।

नयाँ स्कुटरहरूको विस्तृत प्राविधिक विशेषता, मूल्य, उपलब्धता तथा विशेष लन्च अफरहरू आगामी अगस्ट ६ मा हुने औपचारिक सार्वजनिक कार्यक्रममा घोषणा गरिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मङ्गलवार