प्रतिनिधि सभाका सभामुख पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ। संघीय संसद सचिवालयका अनुसार बुधबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताका लागि समय दिइएको छ।
त्यसलगत्तै आजै उम्मेदवारको सूची सार्वजनिक गर्ने कार्यतालिका छ। सभामुख चयनका लागि बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्ताव पेश गरिनेछ। सभामुख हुन सांसद हुनुपर्ने व्यवस्था छ। प्रतिनिधि सभामा २७५ जना सांसद छन्।
सभामुख चयन नभएकोले ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशम्शेर जबराले सभामुखको भूमिका निर्वाह गर्दै आएका छन्। सत्ता साझेदार दलभित्र सभामुख पद नेकपा एमालेलाई दिने सहमति भएको एमाले नेताहरूले दाबी गर्दै आएका छन्।
प्रकाशित मिति : २०७९ माघ ४ गते बुधवार





