‘भिट्रुभियन कप २०२६’ फुटसलको उपाधि बसन्ती युवा क्लबलाई



ललितपुर — युथ एण्ड डेभलपमेन्ट (प्रोजेक्ट वाइएनडी) र भिट्रुभियन लिग नेपालको संयुक्त आयोजनामा सम्पन्न ‘भिट्रुभियन कप २०२६’ ६-ए-साइड फुटसल प्रतियोगिताको उपाधि बसन्ती युवा क्लबले जितेको छ । मंसिर ४ र ५ गते (२० र २१ नोभेम्बर २०२६) ललितपुरस्थित सुनाकोठी स्पोर्टिङ क्लबमा भएको उक्त प्रतियोगितामा ३२ वटा क्लब तथा समूहको सहभागिता रहेको थियो ।

कुल १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगिताको विजेता बन्दै बसन्ती युवा क्लबले नगद १ लाख रुपैयाँसहित ट्रफी हात पारेको छ । त्यस्तै, उपविजेतामा सीमित कोयो क्लबले नगद ५० हजार रुपैयाँ प्राप्त गरेको छ । प्रतिटोली ८ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको प्रतियोगिता बिहान ८ बजेदेखि सञ्चालन गरिएको थियो ।

आयोजक युथ एण्ड डेभलपमेन्टले प्रतियोगिताबाट संकलित रकम बालबालिकाको च्यारिटीमा खर्च गर्दै आएको जनाएको छ । खेलकुदको माध्यमबाट युवाहरूलाई जोड्दै सामाजिक कार्य र बालबालिकाको सहयोगमा रकम परिचालन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते आइतवार