एनपीएल फाइनल: सुदूरपश्चिम रोयल्स उपाधि नजिक, जर्ज मुन्सेको शतकीय प्रहार



कीर्तिपुर (मंसिर ५) — नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को फाइनलमा लुम्बिनी लायन्सले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट ब्याटिङ गर्दै बलियो स्थिति बनाएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको निर्णायक खेलमा सुदूरपश्चिमका ओपनर जर्ज मुन्सेले आक्रामक शतक प्रहार गर्दै टोलीलाई जितको संघारमा पुर्‍याएका छन्।

पछिल्लो ताजा अपडेटअनुसार सुदूरपश्चिमले १३.२ ओभरमा कुनै विकेट नगुमाई १५२ रन बनाइसकेको छ र उपाधिका लागि अब मात्र ४ रन आवश्यक छ। मुन्सेले ५३ बलमा ८ चौका र ११ छक्काको मद्दतले ११९ रन बनाएर खेलिरहेका छन् भने बिनोद भण्डारीले २७ बलमा ३० रन जोडेका छन्।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलिप नाथले ३१ बलमा अविजित ३९ रन बनाए भने कप्तान रोहितकुमार पौडेलले ३० रन र निरोशन डिकवेलाले २८ रनको योगदान दिए। सुदूरपश्चिमको बलिङतर्फ स्कट कुग्गेलिइनले २ विकेट तथा दीपेन्द्र सिंह ऐरी, थरिन्दु रत्नायके र हेमन्त धामीले १–१ विकेट लिए।

प्रकाशित मिति : २०८३ मङ्सिर ६ गते शनिवार