खुला महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी



नेपाली कांग्रेसको खुला महामन्त्री पदमा उदयशमशेर राणाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसको १५औँ महाधिवेशनमा दुई जना निर्वाचित हुने खुला महामन्त्री पदका लागि राणाले उम्मेदवारी दिएका हुन् ।

राणा १४औँ महाधिवेशनमा शेरबहादुर देउवा समूहमा थिए । गत पुसमा भएको विशेष महाधिवेशनबाट उनी सहमहामन्त्री बनेका थिए ।

खुला महामन्त्रीमा राणासहित गुरु घिमिरे, प्रदीप पौडेल, नैनसिंह महर, सुनिल शर्मा, अमरसिंह पुन र शंकर तिवारीले उम्मेदवारी दिएका छन् । दुई पदका लागि प्रभावशाली नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार