नयाँ घरे घण्टीको नयाँ चाल, जे जे आउला इनमले भ्याउला: बास्कोटा



काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले वर्तमान नेपालको राजनीतिक परिस्थितिप्रति व्यंग्य गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसको चुनाव चिह्न घण्टीलाई लक्षित टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले अहिलेको नेपालको अवस्थालाई ‘नार्सिष्टले एनार्किष्ट र एनार्किष्टले फासिष्ट जन्माउने’ अवस्थाका रूपमा चित्रण गरेका छन् ।

उनले आफ्नो टिप्पणीमा रास्वपालाई लक्षित गर्दै व्यंग्यात्मक शैलीमा ‘ए ! भन भन भाइ हो– रास्वपा, ए ! खिल घरे माइलो, रास्वपा’ भन्दै लेखेका छन् । त्यस्तै, ‘ए ! नयाँ घरे घण्टीको, ए ! नयाँँ चाला, ए ! जे जे आउला, ए ! इनमले भ्याउला !’ भन्दै उनले रास्वपाको राजनीतिक गतिविधि र नयाँ शैलीप्रति कटाक्ष गरेका छन् ।

बाँस्कोटाको उक्त अभिव्यक्तिमा राजनीतिक विचारसँगै व्यंग्यात्मक लय र शब्द चयनसमेत देखिन्छ । उनले वर्तमान राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : २०८३ कार्तिक १९ गते बुधवार