गगनको खड्का र कोइरालासँग छलफल



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका छन्।

खड्कासँग शनिबार र कोइरालासँग आइतबार भेटवार्ता भएको हो। भेटमा पार्टीको आसन्न महाधिवेशन, अधिवेशनको कार्यतालिका तथा समसामयिक विषयमा छलफल भएको बताइएको छ।

केन्द्रीय महाधिवेशनको मिति यथावत् राख्दै तल्लो तहको अधिवेशन एक साता सार्ने तयारीसमेत भइरहेको छ। खड्का र कोइराला भने देउवा पक्षले प्रस्ताव गरेको महाधिवेशन कार्यतालिकाप्रति असन्तुष्ट देखिएका छन्।

प्रकाशित मिति : २०८३ भाद्र २१ गते आइतवार