सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ



काठमाडौं । सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई सभामुख डोलप्रसाद अर्यालले रुलिङ गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तर गर्न नियमावलीअनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन निर्देशन दिएका हुन्।

सभामुखले लामो समयदेखि सांसदहरूले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको माग गर्दै आएको भन्दै नियमावलीको नियम ५६ देखि ६० सम्मको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिए।

रुलिङपछि विपक्षी दलका सांसदहरू सदनमा बसेका थिए। नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि छुट्याउनुपर्ने व्यवस्था छ। तर उक्त व्यवस्था कार्यान्वयन हुन सकेको थिएन।

प्रकाशित मिति : २०८३ भाद्र १ गते सोमवार