काठमाडौं । नेकपा (एमाले) को सदस्यता नवीकरण अभियान अपेक्षाअनुसार अघि बढ्न नसकेको देखिएको छ। सार्वजनिक गरिएको तथ्यांकअनुसार अधिकांश प्रदेशमा कुल सदस्यको आधाभन्दा कमले मात्रै सदस्यता नवीकरण गरेका छन्।
सबैभन्दा कम नवीकरण सुदूरपश्चिम प्रदेशमा २६.९४ प्रतिशत रहेको छ। त्यस्तै मधेश (४९.९४%) र लुम्बिनी (४९.६४%) मा पनि आधाभन्दा कम सदस्यले मात्रै नवीकरण गरेका छन्।
यता कर्णाली प्रदेशमा ५५.६३ प्रतिशत सदस्यले नवीकरण गरेका छन्, जुन सबै प्रदेशमध्ये सबैभन्दा उच्च हो। गण्डकी (५२.७४%), कोशी (५२.१५%) र बागमती (५१.३५%) मा भने नवीकरण दर ५० प्रतिशतभन्दा केही माथि रहेको छ।
यस तथ्यांकले एमालेको सदस्यता नवीकरण अभियान अझै अपेक्षित गतिमा अघि बढ्न नसकेको संकेत गरेको छ। पार्टीले अभियानको अवधि थप्ने वा नवीकरणलाई तीव्र बनाउने रणनीति अपनाउने सम्भावनाबारे चासो बढेको छ।
प्रकाशित मिति : २०८३ साउन १९ गते मङ्गलवार






