काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्धविच्छेद भइनसकेकाले राजनीति अझै तरल रहेको बताएका छन्।
बिहीबार दिउँसो सिंहदरबारमा केही सञ्चारकर्मीसँग कुरा गर्दै यादवले आफूले एमाले अध्यक्ष ओलीसँग पनि कुरा गरिरहेको बताए । अहिले प्रचण्ड र ओलीबीच सम्बन्धविच्छेद भइसकेको छैन, झगडा मात्र परेको हो,’ यादवले भने,‘अन्तिमसम्म मिल्न पनि सक्छन्।’
चुनाव हुनुभन्दा केही दिनअघिसम्म आफ्नो दल पनि सहभागी रहेको पुरानो गठबन्धन ब्युँताउने हो भने आफूहरूको बटमलाइन उपराष्ट्रपति भएको यादवले बताए। हामीलाई उपराष्ट्रपति चाहिन्छ। उपराष्ट्रपति नदिने हो भने हामी गठबन्धनलाई सहयोग गर्न सक्दैनौं,’ यादवले भने।
प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार





