घट्यो डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ काराेबार



नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ३२ पैसा र बिक्रीदर १३० रूपैयाँ ९२ पैसा कायम गरिएको छ।

बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रूपैयाँ ६६ पैसा र बिक्रीदर १३१ रूपैयाँ २६ पैसा कायम गरिएको थियो। डलरको मूल्य अघिल्लो दिनको तुलनामा ३४ पैसा घटेको हो। युरोपियन युरो एकको खरिदमा भने १३५ रूपैयाँ ८७ पैसा र बिक्रीमा १३६ रूपैयाँ ५० पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५७ रूपैयाँ ८२ पैसा र बिक्रीदर १५८ रूपैयाँ ५४ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रूपैयाँ ९९ पैसा र बिक्रीमा ८८ रूपैयाँ ४० पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ६९ पैसा र बिक्रीमा ९८ रूपैयाँ १४ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३५ रूपैयाँ ७० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३४ रूपैयाँ ८४ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ४८ पैसा र बिक्रीमा ३५ रूपैयाँ ६४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ९९ पैसा र बिक्रीमा २९ रूपैयाँ १३ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२४ रूपैयाँ ७ पैसा र बिक्रीमा ४२६ रूपैयाँ २ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४५ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३४७ रूपैयाँ २४ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०७९ मङ्सिर ९ गते शुक्रवार