पढाउन छाडेर एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई बालेनको कडा चेतावनी



काठमाडौँ । काठमाडौं महानगरपालिकाले विद्यालयमा कार्यरत शिक्षकलाई विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने कार्यलगायत अन्य कार्य नगर्न निर्देशन दिएको छ । महानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूले आफ्ना विद्यालयमा कार्यरत शिक्षकलाई सो निर्देशन दिएको हो ।

“विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने कार्यलगायत अन्य कार्यहरूमा शिक्षकहरूलाई नपठाउनु हुन र शिक्षकहरूलेसमेत यसै सूचनालाई आधार मानी विद्यालय समय भित्र विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी अन्यत्र कार्यमा संलग्न नहुनु हुन अनुरोध छ” सूचनामा भनिएको छ ।

साथै विद्यालय समयमा एसईईको उत्तरपुस्तिका परीक्षण गर्ने कार्यलगायत अन्य कार्य प्रचलित ऐन, कानुन बमोजिम कारबाही हुने जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार