अब सामुदायिक विद्यालयका शिक्षकलाई मासिकरूपमै तलब



काठमाण्डाै महानगरपालिकाले आफ्नो मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमै तलब उपलब्ध गराउने व्यवस्था गरेको छ ।

स्रोत भर्ना कोषमार्फत सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमा नै तलब खुवाउने व्यवस्था गरेको महानगरकी उपमेयर सुनिता डंगोलले जानकारी दिनुभयाे ।

सङ्घीय सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूलाई त्रैमासिकरूपमा तलब उपलब्ध गराउँदै आएकाे छ । तर महानगरले भने स्रोत भर्ना कोषमार्फत शिक्षकहरूलाई मासिकरूपमै तलब दिने दिने व्यवस्था गरेको हो ।

उपमेयर डंगोलले भन्नुभयो, यो वर्षदेखि महानगरपालिकाले आफ्नाे मातहतभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूलाई मासिकरूपमै तलब दिने व्यवस्था गरेकाे छ । स्राेत भर्ना काेषमार्फत महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरूले मासिकरूपमै तलब पाउने व्यवस्था गरेका छौँ ।’

प्रकाशित मिति : २०८० साउन १ गते सोमवार