शिक्षक महासङ्घमाथि गंगारामको आक्रोश, विद्यालय कर्मचारीलाई राजनीति गर्ने निहुँ मात्रै बनायो



काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले नेपाल शिक्षक महासङ्घका पदाधिकारीहरूले विद्यालय कर्मचारीहरूलाई प्रयोग मात्रै गरेको बताएका छन् । उनले भोकै काम गर्ने विद्यालय कर्मचारी र बाल शिक्षकहरूको माग मुद्दालाई प्राथमिकतामा नराखेको आरोप लगाएका छन् ।

नेपाल शिक्षक महासङ्घको महाधिवेशनलाई लक्षित गर्दै सामाजिक सञ्जाल मार्फत शिक्षक नेताहरूलाई अत्यावश्यक विषय भनेको ग्रेड समायोजन र विशिष्ट पद मात्र चाहिएको तर कर्मचारी र बाल शिक्षक उनिहरूलाई राजनीति गर्ने निहुँ मात्रै भएको बताएका छन् ।

उनले भनेका छन् “भोकै काम गर्ने कर्मचारी र बाल शिक्षकका मुद्दा पहिलो बनाएर कहिले लगेउँ । ने.शि. महासङ्घ राष्ट्रिय समितिका नेताहरू । हामी लाई खेलौना बनाउने ? अब अति भयो । सँगै जोडिएको नेपाल शिक्षक महासङ्घको अधिवेशनमा हेर्नु, टाढा जानु पर्दैन यो भन्दा अगाडि नेपाल शिक्षक सङ्घ सङ्घीय कार्यसमिति आएन अहिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन ।”

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार