आज कतारी रियल ३६.४४ ,साउदी अरेबियन रियाल ३५.४१ पुग्यो, मलेसियन रिंगिट २८.६५, अरु देशको कति पुग्यो हेर्नुहोस् !



राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ सिमान्तदरमा घटेको छ। आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ।

सोमबार डलरको खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा कायम थियो। यस्तै, युरोपियन युरो पनि अघिल्लो दिनको तुलनामा बढेको छ। आज युरो एकको खरिदमा १४२ रुपैयाँ ८५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ५० पैसा तोकिएको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा एक रूपैयाँ १७ पैसाले महँगो हो। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६४ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६५ रूपैयाँ ६४ पैसा तोकिएको छ। सोमबारको भन्दा यो २ रूपैयाँभन्दा धेरैले बढेको हो।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८५ रुपैयाँ ४६ पैसा र बिक्रीमा ८६ रुपैयाँ ८५ पैसा पाइन्छ। यसमा पनि सामान्य सस्तो भएको छ। त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८३ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ६५ पैसा र बिक्रीमा २८ रुपैयाँ ७८ पैसा पाइन्छ।

कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ४१ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ३५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ८६ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०८० कार्तिक २१ गते मङ्गलवार