आज कतारी रियल ३६.४५ ,साउदी अरेबियन रियाल ३५.४३ पुग्यो, मलेसियन रिंगिट २७.९७, अरु देशको कति पुग्यो हेर्नुहोस् !



नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९० पैसा र बिक्रीदर १३३ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

क्यानेडियन डलर एकको खरिदमा ९६ रूपैयाँ १७ पैसा र बिक्रीमा ९६ रूपैयाँ ६० पैसा पाइन्छ। यस्तै, युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ २५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ८९ पैसा पाइन्छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रूपैयाँ ५६ पैसा र बिक्रीमा ८५ रूपैयाँ ९५ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रूपैयाँ ०४ पैसा र बिक्रीदर १६२ रूपैयाँ ७७ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ १८ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रूपैयाँ ९७ पैसा र बिक्रीमा २८ रूपैयाँ १० पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ०८ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ०२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०१ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार