आज कतारी रियल ३६.४५ ,साउदी अरेबियन रियाल ३५.४४ पुग्यो, मलेसियन रिंगिट २८.३८, अरु देशको कति पुग्यो हेर्नुहोस् !



काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५४ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको २ पैसा बढेको हो।

आज युरोपियन युरो एकको खरिदमा भने १४१ रुपैयाँ ७८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ४२ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ४० पैसा र बिक्रीमा ८५ रुपैयाँ ७९ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ४२ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८५ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५१ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६० पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ १९ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ ३८ पैसा र बिक्रीमा २८ रुपैयाँ ५१ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ २५ पैसा र बिक्रीमा ४३२ रुपैयाँ २० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५४ रुपैयाँ १५ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार