बढ्यो पेट्रोलको मूल्य



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।
इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि मृल्य बढाएको निगमले जनाएको छ ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट डिजेल र मट्टितेलमा रु. ०.३९, हवाई इन्धनमा रु. ०.३८ र एल.पी. ग्यासमा प्रतिसिलिण्डर रु.२७.४४ ले घटेर आएकाे छ ।

मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १७२.५० रुपैयाँ पुगेको छ । यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७४ रुपैयाँ पुगेको छ ।

तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र १९ गते सोमवार