अबदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म



काठमाडौं । सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म बनाउने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार उक्त निर्णय शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयमा लागू हुनेछ । ‘शैक्षिक संस्थाबाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ,’ पोखरेलले बताएका छन् ।

त्यस्तै, सरकारले भोलि (२३ चैत) देखि लागू हुनेगरी शनिबार र आइतबार सरकारी कार्यालय तथा शैक्षिक संस्थामा बिदा दिने निर्णय पनि गरेको छ । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्यालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको सरकारले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत्र २२ गते आइतवार