काठमाडौं । नेपाल टिपर तथा ट्रक व्यवसायी समिति, चन्द्रागिरी–६, काठमाडौंको आयोजनामा चौथो वार्षिक साधारण सभा तथा आठौं अधिवेशन हाल जारी रहेको छ। कार्यक्रम आजदेखि सुरु भई भोलिसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भइसकेको छ। कार्यक्रममा समितिमा आबद्ध व्यवसायी सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
कार्यक्रममा समितिका गतिविधि, आर्थिक अवस्था तथा आगामी योजना सम्बन्धी विषयमा छलफल भइरहेको छ। साथै व्यवसायीहरूको हकहित र यातायात क्षेत्रका समसामयिक मुद्दाहरूमा पनि विचार विमर्श भइरहेको छ।
ललितपुरको एकान्तकुना स्थित म्याजिकटिक ग्राउण्डमा सञ्चालन भइरहेको उक्त कार्यक्रम भोलि सम्पन्न हुने आयोजकले जनाएको छ।
प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार






