ललितपुर-१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित



काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।

नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै राणा निर्वाचित भएका हुन् । राणाले २३८९२ मत ल्याउँदा सिलवालले १९२७८ मत ल्याए ।

यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार