प्रचण्डले छाडेको चितवन-३ मा राप्रपा अगाडि, माओवादी तेस्रो स्थानमा



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छाडेको चितवन-३ मा माओवादी उम्मेदवार अहिलेसम्म तेस्रो स्थानमा सीमित छ। पछिल्लो परिणामअनुसार यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता लिएका छन्। उनले २३५६ मत प्राप्त गरेका छन्।

यहाँ नेपाली काग्रेसका बागी उम्मेदवार दिनेश कोइराला दोस्रो स्थानमा छन्। माछा चिह्न लिएर चुनाव लडेका कोइरालाले २३४९ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका भोजराज अधिकारीले २२१४ मत पाएका छन्।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार