ललितपुर । प्रतिनिधिसभा र प्रदेशसभाका लागि आइतबार भएको मतदानको अहिले ललितपुरमा पनि गणना भइरहेको छ । जसअनुसार ललितपुरका तीनवटै क्षेत्रमा एमालेको अग्रता कायमै छ । क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन ५,७७८ मतले अग्रता कायम गरेका छन् ।
ललितपुर क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो जानकारीअनुसार चुनाव चिह्न लौरो भएका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ४,६०० मतसहित दोस्रो स्थानमा छन् । यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका रघुवरराज थापाले ३,४३४ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार





