काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि सडकमा जाने घोषणा गरेका छन् । निर्वाचन र शासन प्रणाली बदल्नुपर्ने भन्दै उनले आगामी चुनावपछि आफू सडकमा जाने बताएका हुन् ।
समाजवादको नेपाली मार्गचित्र विषयक कार्यक्रममा प्रचण्डले भने, ‘चुनावपछि यो प्रणाली बदल्न सडकमा जान्छु ।’
चितवन ३ बाट एक मतले प्रचण्डको नाम सिफारिस
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन्।
आइतबार बसेको पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डलाई एकमतबाट उम्मेदवार सिफारिस गरिएको नेता गोपाल न्यौपानेले बताए।
प्रचण्ड यसअघि ०७४ को निर्वाचनमा त्यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। उनको नाम यसअघि गोरखा–१ बाट पनि सिफारिस भएको छ। यद्यपि प्रचण्डले आफू चितवन–३ बाटै चुनाव लड्ने स्पष्ट गरिसकेका छन्।
बैठकले चितवन–३ अन्तर्गतका दुवै प्रदेशसभाका लागि समेत प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ। प्रदेश ३ ९क० मा प्रकाश कँडेलसहित तीनजना र ३ ९ख० मा गोपाल न्यौपानेसहित ८ जनाको नाम सिफारिस भएको छ।
न्यौपाने नेकपा माओवादीका तत्कालीन बेपत्ता केन्द्रीय सदस्य दण्डपाणि न्यौपानेका छोरा हुन्। उनी राज्यद्वारा बेपत्ता पारिएका सबैभन्दा उच्च माओवादी नेता हुन्।





