स्थानीय निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता



काठमाडौं । आइतबार बसेको निर्वाचन आयोगको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताको नामावली टुंगो लगाएको छ । बैठकले आगामी स्थानीय तहको चुनावका लागि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताको नामावली टुंगो लगाएको हो।

मतदातामध्ये ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला रहेको आयोगले जनाएको छ । साथै, अन्यतर्फ १८३ जना रहेको पनि बताइएको छ । आयोगले टुंगो लगाएको नामावलीतर्फ सबैभन्दा बढी मतदाता मोरङमा रहेका छन् । मोरङमा ७ लाख १५ हजार २२३ जना मतदाता रहेका छन् ।

सबैभन्दा कम मतदाता मनाङमा रहेको बताइएको छ । मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेका छन्। ७५३ वटै स्थानीय तह र ७७ वटै निर्वाचन कार्यालयको सहयोगमा अन्तिम मतदाताको सूची तयार पार्न सफ भएको हो। आयोगले अन्तिम नामावली प्रकाशन भएपछि सूचीबाट नाम हेरफेर गर्न नपाइने पनि जनाएको छ।

प्रकाशित मिति : २०७८ चैत्र १३ गते आइतवार