काठेखोलामा रित्तिदै माओवादी केन्द्र, जिल्ला सचिवालय सदस्यसहित १८० जना एमालेमा प्रवेश



बागलुङ । विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको लहर चलेको छ । माओवादी केन्द्र जिल्ला कमिटी बागलुङका सचिवालय सदस्य नविन कँडेलसहित काठेखोला गाउँपालिका वडा नं. ५ र ६ का १८० जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले काठेखोला गाउँपालिका वडा नं. ५ र ६ ले बुधबार बिहुस्थित कोटमा आयोजना गरेको भेला तथा पार्टी प्रवेश कार्यक्रममा माओवादीसहित अन्य विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन्।

नेकपा एमालेका पोलिटव्यूरो सदस्यद्वय लिलाबहादुर थापा र मनकुमारी केसी जिसीलगायत एमालेका नेताहरुले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली कांग्रेस छोडेर एमाले प्रवेश गरेका नेता कार्यकर्तालाई स्वागत गरे ।

काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य जमुनादेवी कंडेल, माओवादी केन्द्र समर्थित शिक्षक संगठनका जिल्ला सदस्य चिरञ्जिवी कँडेल, वडा नं. ५ पार्टी कमिटीका अध्यक्ष उमाकान्त कँडेल (गोपाल), गाउँपालिका कमिटीका सदस्य डिलबहादुर विक, बलबहादुर विकलगायत दुईवटा वडाका १८० जना नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले काठेखोला गाउँपालिकाका उपाध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिए ।

माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका नवीन कँडेल र चिरञ्जिवी कँडेलले छिन्नभिन्न अवस्था रहेका वामपन्थी शक्तिहरुको बीचको एकताका लागि आफूहरु एमालेमा प्रवेश गरेको बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन २७ गते शुक्रवार