काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ११० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ७ हजार ९९० रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम २ हजार ६२८ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति : २०८३ मङ्सिर ७ गते आइतवार











