काठमाडौं । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्।
कांग्रेस महाधिवेशनमा बोल्दै आङदेम्बेले मुलुकलाई जुनसुकै बेला ‘युक्रेन’ बनाउन सक्ने अवस्था आउन सक्ने भन्दै पार्टी टुट्न र फुट्न नहुने धारणा राखे। ‘मुलुकलाई कुन बेला युक्रेन बनाउँछन् थाहा छैन, त्यसैले नेपाली कांग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन,’ उनले भने।
उनले अहिले पार्टीभित्र नेतृत्वका लागि प्रतिस्पर्धाभन्दा नेतृत्वप्रति भरोसा गरेर अघि बढ्नुपर्ने बताए। १८ वर्षका युवादेखि ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकसम्मले नेतृत्वप्रति भरोसा गरेको उल्लेख गर्दै उनले पार्टीका नेताहरू एक भएर अघि बढ्नुपर्नेमा जोड दिए।
प्रकाशित मिति : २०८३ असोज २१ गते बुधवार












