काठमाडौं । नेपाल–चीन सीमाक्षेत्रमा गएको पहिरोपछि बनेको ताल १४ वटा फुटबल मैदान जति फराकिलो रहेको चिनियाँ सञ्चार माध्यमले जानकारी दिएको छ । चिनियाँ सरकारी टेलिभिजन सीजीटीएनले यस्तो सूचना दिएको हो ।
सीजीटीएनका अनुसार एन्नेङ ग्रुपको अगस्ट २९ सम्म गरेको अनुगमनमा यस्तो तथ्यांक देखिएको हो । पहिरोले थुनिएर बनेकोतालको क्षेत्रफल करिब १ लाख वर्गमिटर रहेको छ । जुन लगभग १४ वटा मानक फुटबल मैदान बराबर हो । यति फराकिलो ताल बनेको भए पनि त्यो अहिले नियन्त्रणमा रहेको एन्नेङ ग्रुपको तथ्यांकला२ उद्धृत गर्दै सीजीटीएनले जनाएको छ ।
यसैबीच, दोस्रो बाँध ताल–२ पनि पहिचान गरिएको छ, जुन उक्त स्थानभन्दा करिब ५ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा रहेको छ । भदौ १० गतेको भीषण बाढी पछि चिनियाँ पक्षले थप जोखिमबारे निरन्तर अध्ययन र अनुगमन गरिरहेको छ ।
प्रकाशित मिति : २०८३ भाद्र १४ गते आइतवार







