टिभिएसले ल्यायो एनटर्क १२५ रेस एक्सपीको नयाँ ‘ब्लेज ब्लु’ संस्करण



काठमाडौं। नेपाली युवामाझ लोकप्रिय रहेको टिभिएस एनटर्क १२५ रेस एक्सपी अब नयाँ आकर्षक ‘ब्लेज ब्लु’ अर्थात् ज्वालामुखी नीलो रङमा उपलब्ध भएको छ। टिभिएस सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीबार काठमाडौंको बुढानीलकण्ठस्थित एक कार्यक्रममार्फत उक्त नयाँ संस्करण सार्वजनिक गरेको हो।

कार्यक्रममा कम्पनीका उपाध्यक्ष दीपक रौनियारले स्कुटरको औपचारिक अनावरण गरेका थिए। कार्यक्रममा सञ्चारकर्मी, सामग्री निर्माता, मोटरसम्बन्धी समीक्षक, ग्राहक तथा टिभिएसका शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कम्पनीका अनुसार नयाँ नीलो रङको संस्करणले एनटर्क १२५ रेस एक्सपीको खेलमुखी पहिचानलाई अझ सशक्त बनाएको छ। आकर्षक नीलो रङ, प्रतिस्पर्धात्मक शैलीबाट प्रेरित चित्रांकन, आधुनिक बनावट तथा प्रभावशाली उपस्थितिले यसलाई युवा पुस्तामाझ थप रुचिकर बनाउने विश्वास कम्पनीको छ।

१२५ घन सेन्टिमिटर क्षमताको यो स्कुटरले आकर्षक स्वरूप, सशक्त कार्यसम्पादन तथा दैनिक प्रयोगको सहजतालाई सन्तुलित रूपमा समेटेको कम्पनीले जनाएको छ। यसले टिभिएसको प्रतिस्पर्धात्मक परम्परा र कार्यक्षमता झल्काउने दाबी पनि गरिएको छ।

कम्पनीका अनुसार परीक्षणका आधारमा यस स्कुटरले एक लिटर इन्धनमा करिब ५० किलोमिटरसम्म यात्रा गर्न सक्छ। साथै, आजीवन प्रत्याभूति सुविधाले ग्राहकलाई थप विश्वास र दीर्घकालीन स्वामित्वको लाभ प्रदान गर्ने बताइएको छ।

उपाध्यक्ष रौनियारले उत्कृष्ट कार्यसम्पादन, नवीन प्रविधि र आकर्षक स्वरूप खोज्ने युवा चालकहरूमाझ एनटर्कको विशेष पहिचान रहेको उल्लेख गर्दै नयाँ नीलो संस्करणले त्यस पहिचानलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले स्कुटरको स्वरूप, विशेषता तथा प्रतिस्पर्धात्मक शैलीलाई नजिकबाट अवलोकन गर्ने अवसर पाएका थिए। सञ्चारकर्मी, डिजिटल सामग्री निर्माता तथा मोटर क्षेत्रका समीक्षकहरूको सक्रिय उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

प्रकाशित मिति : २०८३ असार ४ गते बिहिवार