काठमाडौं । प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई सरकारले पदमुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको वैठकले उनलाई हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ आइजीपी बनाएको हो ।
कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीलाई कारवाही गरिएको नभएर जिम्मेवारी हेरफेरमात्र भएको दावी गरेका छन् । यद्यपी उनले रास्वपाबाट पनि यसका लागि निर्देशन आएको उल्लेख गरे ।
प्रकाशित मिति : २०८३ कार्तिक १९ गते बुधवार
















